भारतले रोक्यो विमानको खोजी
अघिल्लो सातादेखि हराइरहेको मलेसियन विमानको खोजी कार्य भारतले स्थगित गरेको छ । मलेसियन सरकारको अनुरोधपछि भारतले आइतबारबाट विमानको खोजी कार्य रोकेको हो । भारतले निकोबार द्वीप समूह आसपास विमानको खोजी गरिरहेको थियो ।

मलेसिया सरकारले आइतबार खोजी कार्यको समीक्षा गर्ने र खोजीको दिशा परिवर्तन गर्ने भन्दै खोजी रोक्न आग्रह गरेको भारतीय नौसेनाका अधिकारीलाई उधृत गर्दै आइतबार बीबीसीले लेखेको छ । उता क्वालालाम्पुरमा विमान चालक र सहचालकका घरमा प्रहरीले शनिबारै तलासी लिए पनि त्यसको रिपोर्ट सार्वजनिक गरिएको छैन ।
एसोसिएट प्रेस (एपी) का अनुसार बेपत्ता विमानको खोजी सो विमानका चालकमाथि केन्द्रित गरिएको छ । शनिबार मलेसियाका प्रधानमन्त्री नाजीब रजाकले विमान अपहरणमा परेको हुन सक्ने बताएपछि पाइलटमाथि अनुसन्धान केन्दि्रत गरिएको हो ।
खोजी कार्यको समीक्षा गर्ने र खोजीको दिशा परिवर्तन गर्ने भन्दै खोजी रोक्न आग्रह गरेको भारतीय नौसेनाका अधिकारीलाई उधृत गर्दै आइतबार बीबीसीले लेखेको छ । उता क्वालालाम्पुरमा विमान चालक र सहचालकका घरमा प्रहरीले शनिबारै तलासी लिए पनि त्यसको रिपोर्ट सार्वजनिक गरिएको छैन ।
समाचार एजेन्सीहरुले जनाए अनुसार पाइलटले आत्महत्या गर्न चाहेको या विमान अपहरण गरिएको हुनसक्ने अनुमान लगाउन थालिएको छ
मलेसियन प्रधानमन्त्रीले विमान अपहरण भएको हुन सक्ने बताएलगत्तै शनिबार त्यहाँको प्रहरीले क्वालालम्पुरमा विमानका चालक हजारी अहमद शाह र सहचालक फारिक अब्दुल हामिकको घरमा पुगेर तलासी लिएका छन् । समाचार एजेन्सीहरुले जनाए अनुसार पाइलटले आत्महत्या गर्न चाहेको या विमान अपहरण गरिएको हुनसक्ने अनुमान लगाउन थालिएको छ । यद्यपि मलेसियन प्रधानमन्त्रीले आइतबार विमान अपहरणको यकीन नभएको बताएका छन् ।
मलेसियन प्रधानमन्त्री रज्जाकले शनिबार राडारबाट प्राप्त सूचनालाई आधार मान्दै दिएको जानकारीमा विमान जानीबुझीकन दिशा मोडिएको र सञ्चार उपकरण जानीबुझी बन्द गरिएको दाबी गरेका छन् । यही सूचनाका आधारमा प्रधानमन्त्री रज्जाकले पाइलटकै मिलेमतोमा विमान अपहरण भएको हुनसक्ने अनुमान लगाएका हुन् । मलेसियन सरकारले अपहरणलाई ‘निश्कर्ष’ बताएको छ ।
अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार मलेसियन सरकारले अब काजकिस्तान, उज्बेकिस्तान, कीर्गिस्तान, तुर्कमेनिस्तान, पाकिस्तान, बंगलादेश, भारत, चीन, म्यानमार, लाओस, भियतनाम, थाइल्याण्ड, इण्डोनेसिया, अष्ट्रिलेलिया र फ्रान्ससँग विमानको खोजीका लागि आग्रह गर्ने भएको छ ।
मलेसिया एयरलाइन्सको एम एच ३७० विमान गत शनिबारदेखि बेपत्ता छ । क्वालालाम्पुरबाट बेइजिङका लागि उडेको यो विमानमा २३९ मानव रहेका छन् । विमान सुरुमा दक्षिणी भियतनाममा दुर्घटनामा परेको अनुमान गरिए पनि ८ दिनसम्म अत्तो पत्तो छैन । बीबीसीले भुउपग्रहको सूचनाको हवाला दिँदै विमान राडारसँग सम्पर्क विच्छेद भएर पनि पाँचघण्टासम्म आकाशमा उडेको दाबी गरेको छ ।






0 comments:
Post a Comment