हस्तक्षेप गरेकाले प्रतिकार गरिएको हो : युवा संघ

नयाँ बानेश्वरमा गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले दमन गरी संघका १२ जना बढी कार्यकर्ता घाइते बनाएको भन्दै युवा संघका कार्यकर्ताले बा १ झ ५६८० नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन् ।
आगजनीबाट गाडी जलेर पूर्णरूपमा नष्ट भएको छ । ‘हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेर १२ जना बढी नेता कार्यकर्तालार्इ घाइते बनाएको प्रतिकारस्वरूप गाडीमा आगजनी गरिएको हो’, युवा संघका प्रवक्ता प्रभात कटुवालले भने, ‘शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार सरकारले कुण्ठित गर्न खोजेकाले हामीले जवाफ दिएका हौं ।’
मोटरसाइकलमा आएका दुर्इजना युवा संघका कार्यकर्ताले आगजनी गर्दा गाडी पूरै नष्ट भएपछि आगजनीमा संलग्नको खोजीकार्यलार्इ तीब्र पारिएको प्रहरीले जानकारी दिएको छ ।
नेकपा एमाले सरकारमा सहभागी छ । गृहमन्त्रालय एमाले उपाध्यक्ष वामदेव गौतमले सम्हालेका छन् । तर, सडकमा सरकारी गाडीमाथि एमालेकै भातृ संगठनका कार्यकर्ताले आगजनी गरेका छन् । र, उनीहरुले गर्वका साथ आफूहरुले आगजनी गरेको समेत स्वीकार गरेका छन् ।
यो पनि हेर्नुहोस्
यस्तो छ आगजनीको दृश्य
0 comments:
Post a Comment