३ चैत, क्वालालम्पुर । मलेसिया सरकारले हप्तादिन अघिदेखि हराएको जहाज खोज्ने कामका ला किम्तीमा पनि २५ देशको संलग्नता रहेको जानकारी दिएको छ ।

मलेसियाका रक्षा तथा यातायात मन्त्री हिसामुद्दिन हुसेनले भने- विमानको खोजीमा २५ देश छन तरपनि विमान भेटिन सकेको छैन ।
उनले उक्त संख्याका कारण पनि हालैका दिनमा ती देशहरुका बीचमा समन्वय गर्न गाह्रो भएको जानकारी दिए ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री हुसेनले मार्च ८ का दिन उडेको सो विमान कजाखस्तानबाट केही दक्षिणीतर्फ हिन्द महासागरतर्फ पुगेको हुन सक्ने जनकारी पनि दिए ।
उक्त विमान हराएको घटना दिनप्रतिदिन रहस्यमय हुँदै गएको बताउँदै उनले खोजीमा संलग्न सबै देशलाई अनुरोध गरिएको बताए ।
साथै पछिल्लो समयमा आतङ्कवादीहरुको अपहरणमा परेको वा अपहरण गरिएको भन्ने समाचारहरु पनि आएका तर ती प्रमाणित भने नभएका उनको भनाई थियो ।
मलेसियाले जहाजको खोजीमा कुनै कमी नल्याएको र सम्भव भएसम्मका उपायहरु अबलम्बन गरिएको जानकारी उनले दिए ।
जहाज खोजीलाई चीनले पनि निरन्तरता दिने बताएको छ । एकदिनमात्र अघि चिनियाँ प्रधानमन्त्री लि केकियाङले हराइरहेको मलेसियाली जहाजको खोजीकार्य जारी राखिएको बताएका थिए ।
सो जहाजमा रहेका २३९ जना यात्रुमध्ये १५३ जना चिनियाँ नागरिक रहेका छन् । चीनले हालैका दिनमा खोजीलाई थप सशक्त बनाएको बताएको छ ।
उक्त जहाज हराउनुमा आतङ्कवादीको आशङ्का गर्न थालिएको छ । शनिबार मात्र पनि मलेसिया सरकारले सो जहाजका दुईजना चालक र परिचारिकाको घरमा नै खान तलासी गरेको थियो ।
तर त्यस विषयमा भने सरकारले केही पनि जानकारी गराएको छैन । मलेसिया सरकारले स्पष्ट नभनेपनि आतङ्कवादीको आशङ्का गरिएको जनाएको छ ।
0 comments:
Post a Comment