१ चैत, क्वालालम्पुर । मलेसियास्थित नेपाली दूतावासले प्रत्येक महिना आठ सय अवैधानिक नेपाली कामदाराई नेपाल फर्काउने भएको छ । यसअघि दूतावासले महिनाभर दुई सयका दरले अबैधानिक कामदारलाई स्वदेश पठाउँदै आएको थियो ।
मलेसियावाट हप्तामा पचास जनालाई मात्रै अध्यागमन कार्यालयमा लगेर आउट पासको ब्यवस्था मिलाइएकोमा अव भने हप्तामा दुई सय अबैधानिक नेपालीहरु कामदार अध्यागमन कार्यालयमा पुग्ने छन् । राजदूत डा.निररन्जन मान सिंह वस्न्यातले अनलाइनखबरसँग कुराकानी गर्दै मलेसियाका अध्यागमन विभागसँगको लामो छलफलपछि प्रत्येक महिना आठ सय अवैधानिक नेपाली कामदारलाई स्वदेश पठाउने व्यवस्था गर्न सफल भएको बताए ।
हाल नेपाल फिर्तिको पखाईमा नेपाली दूतावासबाट यात्रा अनुमति पत्र लिएर वसेका नेपालीहरुको संख्या करिव ७ हजार भन्दा धेरै छ । नेपाली दूतावास मलेसियाले कोही पनि अवैधानिक अवस्थामा नवस्न र सधै दूतावासको सम्पर्कमा वस्न सवैलाई पटक-पटक आग्रह गर्दै आएको छ ।
0 comments:
Post a Comment