Saturday, March 15, 2014

आजदेखि जहाजमा रक्सी पिउन नपाइने


१ चैत, काठमाण्डौ । नेपाल वायुसेवा निगमका जहाजमा आजदेखि रक्सी पिउन नपाइने भएको छ ।
nepal-airlinesनिगमले यात्रुहरुको स्वास्थ्य र जीवनशैली अनुकुल बनाउन जहाजभित्र मदिरा निषेध गरेको निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बताए । उनका अनुसार निगमले चैत १ गतेदेखि लागू हुनेगरी निगमको अन्तर्राष्ट्रिय उडानका सबै गन्तव्यमा मदिरा निषेध गरेको छ ।
निगमले अहिले उडान गरिरहेको र आगामी दिनमा उडान थप गर्ने कुनै पनि गन्तव्यमा मदिरा उपलब्ध नगराउने निर्णय गरेको शर्माले जानकारी दिए ।
उनका अनुसार यात्रुले निःशुल्क पाउने मदिराको सुविधा हटाइएको र जहाजभित्र मदिरा बिक्री नहुने पनि निगमले बताएको छ ।
खाडी तथा मलेसिया जस्ता मुलुकमा चर्को प्रतिस्पर्धामा उडान गर्नुपर्ने र नाफा कम हुने भएपछि निगमले रक्सीमा हुने खर्च कटौती गर्न नयाँ निर्णय लिएको हो ।
निगमले एक वर्षअगाडि नै मलेसियाको क्वालालम्पुर र कतारको दोहा उडानमा मदिरा दिन बन्द गरिसकेको थियो ।
चैत १ बाट उडान गरिरहेका अन्य गन्तव्य हङकङ र थाइल्यान्डको बैंकक उडानमा पनि यो सुविधा हटाउने शर्माले बताए ।

0 comments:

Post a Comment