जेनेभा(एएफपी), फाल्गुन १७ - स्विजरल्यान्डका अधिकारीहरूले शुक्रबार युक्रेनका अपदस्थ नेता भिक्टर यानुकोभिच तथा उनको करोडपति पुत्रमाथि गैरकानुनी रूपमा कमाएको धनलाई कानुनी बनाउन प्रयास गरेको आरोपमा आपराधिक अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।
सरकारले युक्रेनका २० अधिकारीको सम्पत्ति रोक्का गरेको घोषणा गरेको
छ । त्यसमा यानुकोभिच तथा उनका छोरा ओलेक्जान्डरको सम्पत्ति पनि परेको छ । यानुकोभिचको सरकारका थुप्रै मन्त्री पनि परेका छन्् । अस्टि्रयाले मानव अधिकार उल्लघंन गरेको तथा भ्रष्टाचारमा संलग्न भएको आरोपमा १८ युक्रेनीको सम्पत्ति रोक्का गरेको जानकारी दिएको छ ।
युक्रेनमा सरकारविरोधी प्रदर्शनकारीहरूले तीन महिनासम्म हिंसात्मक प्रदर्शन गरेपछि ६३ वषर्ीया यानुकोभिचलाई पदमुक्त गरेपछि उनी रुस पुगेका हुन्् । स्विट््जरल्यान्ड सरकारले बिहीबार यानुकोभिचको आफ््नो मुलुकमा रहेको कुनै पनि कोष रोक्का गर्ने घोषणा गरेको छ । यस मुलुकको बैंकिङ गोपनीयताका कारण यहाँ गैरकानुनी रूपमा कमाइएको रकम आउने गरेको विश्वास गरिन्छ ।
जिनेमा महान्यायाधिवक्ताले न्यायिक प्रहरीको वित्तीय समूहको वकिलहरूले मुद्रा निर्मलीकरणको आरोपमा अनुसन्धान गरेको जानकारी दिए । उनीहरूले ओलेक्जान्डरले सञ्चालन गरेको कम्पनीको कार्यालयमा छापा मारेको बताइएको छ । यानुकोभिचको स्विट्जरल्यान्डमा रकम छ वा छैन भन्ने विषयमा स्पष्ट भएको छैन । ओलेक्जान्डरले आफ््नो म्यानेजमेन्ट एसेस्टस् कम्पनीको शाखा सन्् २०११ मा जिनिभामा स्थापना गरेका थिए ।
पूर्व दन्तचिकित्सक तथा व्यापारीले गत तीन वर्षमा करिब ५० करोड अमेरिकी डलर कमाएको स्विस भाषाको साप्ताहिक पत्रिका ल हेब्दोले उल्लेख गरेको छ । उनको यक्रेनी व्यापारिक कम्पनीले मुलुकको कोइला उत्पादनको आधा र विद्युत् उत्पादन तथा वितरणको एक तिहाइ भाग ओगट्छ ।
उनको जेनेभा शाखालाई उज्बेक व्यापारीले सञ्चालन गरेका छन् । त्यसको नाम पार्टेफिना हो । यो कम्पनी पारिवारिक कार्यालयको रूपमा छ । ल हेब्दोले पार्टेफिनाको स्वामित्व यक्रेनी अर्बपति रिनात आख्मेतोभको रहेको र उनी यानुकोभिचको समर्थक भएको जानकारी दिएको छ ।







0 comments:
Post a Comment