६ चैत, काठमाडौं । यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा बिहीबारदेखि देशभर एकैसाथ सुरु हुँदैछ । परीक्षामा नियमित र एक्जाम्टेड गरी ५ लाख ६६ हजार ८५ विद्यार्थीहरु सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष नियमित तर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेड तर्फ १ लाख ४६ हजार ७ सय ३३ विद्यार्थी सहभागी छन् ।
परीक्षाकालागि देशभर १ हजार ८ सय ३६ परीक्षा केन्द्र तय गरिएको छ । परीक्षामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम मनाङका परीक्षार्थी रहेका छन् । काठमाडौंमा ८७ र मनाङमा तथा मुस्ताङमा एउटा, एउटा मात्र परीक्षा केन्द्र तय गरिएको पनि पनिकाले जनाएको छ । परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्रकै संख्यामा केन्द्राध्यक्ष तोकिएको छ । त्यस्तै ७ हजार ५७ सहायक केन्द्राध्यक्ष, २२ हजार ५ सय ९३ निरीक्षक, ७ हजार ५ सय ३० सहयोगी र १८ हजार ३ सय ६० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
परीक्षाका लागि ५६ विषयमा प्रश्नपत्र बनाइएको छ । परीक्षा दिने विद्यार्थीमध्ये अनिवार्य विषय लेख्ने धेरै र ऐच्छिक विषय लेख्ने कम रहेका छन् ।
परीक्षालाई व्यवस्थित बनाउन ३५ बुँदे आचारसंहिता पनि तय गरिएको छ । जसले विगतका वर्षको भन्दा यसबर्ष परीक्षा बढी मर्यादित हुने परीक्षा नियन्त्रण कार्यालयका रबी रानाले बताए । परीक्षार्थीलाई परीक्षा अवधिभर मोवाइललगायतका कुनै विद्युतीय उपकरण प्रयोग गर्न निषेध गरिएको छ भने विद्यालय पोशाकलाई अनिवार्य गरिएको छ । त्यस्तै एउटै बेन्चमा एउटै विद्यालयका विद्यार्थी राख्न नपाउने व्यवस्था गरिएको छ ।
विहान ८ बजेदेखि सुरु भएर तीन घन्टासम्म सञ्चालन हुनेछ । अहिले विद्यार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा लेखिरहेका छन् ।
परीक्षाको खर्च ३८ करोड
एसएलसी परीक्षा सञ्चालन गर्न यसबर्ष ३८ करोड रुपैयाँ खर्च हुने भएको छ । यो खर्च प्रश्नपत्रको तयारी, छपाई, परीक्षा सञ्चालन, उत्तरपुस्तिका ढुवानी र परीक्षण तथा मार्कसिट निर्माणमा खर्च हुने पनिकाले जनाएको छ । यो रकम गत वर्षको तुलनामा तीन करोड रुपैयाँ बढी हो ।
- See more at: http://www.onlinekhabar.com/2014/03/178739/#sthash.d129jfPS.dpuf
0 comments:
Post a Comment