Thursday, March 20, 2014

मलेसियन विमानको टुक्रा भेटिएको अस्ट्रेलियन प्रधानमन्त्रीको दाबी

 

plane-carsh-expected-area
६ चैत, काठमाडौं । हराइरहेको मलेसियन विमानमा दुईवटा टुक्रा आफ्नो देशमा देखिएको अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबटले बताएका छन् ।
हिन्द महासागरको दक्षिणी क्षेत्रको अस्ट्रेलियाली इलाकामा विमानको टुक्रा देखिएको र अहिले सोको खोजीकार्य सुरु गरिएको प्रधानमन्त्री टोनीको भनाइ उधृत गर्दै विदेशी सञ्चारमाध्यमले लेखेका छन् । सेटलाइटबाट देखिएका दृश्यलाई विशेषज्ञ परीक्षण गर्दा विमानका टुक्रा रहेको पुष्टि भएको टोनीको भनाइ छ ।
गत मार्च ८ मा चालक दलका १२ सदस्यसहित २ सय ३९ यात्रु बोकेको मलेसियन एयरको एमएच ३७० विमान बेपत्ता भएको हो । क्वालालम्पुरबाट चीनको बेइजिङका लागि उडेको सो विमानको अवस्था अहिलेसम्म अज्ञात छ ।
यसअघि विमानबारे अपहरणमा परेको लगायत विभिन्न किसिमका दाबीहरु बाहिर आइरहेका थिए ।
malaysian plane possible object
 

0 comments:

Post a Comment