Monday, March 3, 2014

स्थानीय निर्वाचनको प्रक्रिया सुरु : उपप्रधानमन्त्री सिंह

  • सुकुम्बासीलाई सस्तो आवास


Prakash-Man-Singh
काठमाडौ, फाल्गुन १९ -
उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय निकायको निर्वाचनको लागि सरकारले प्रक्रिया सुरु गरिसकेको जानकारी दिएका छन् । उनले स्थानीय विकास मन्त्रीको हैसियतमा आफूले निर्वाचनको पूर्वाधारको लागि काम गर्न निर्देशन दिइसकेको बताए ।
निर्वाचनको लागि आवश्यक पर्ने ऐन, नियमको तयारीको प्रक्रिया अघि बढीसकेको उनले बताए ।
आज बिहान राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सिंहले सुकुम्बासी समस्या समाधानका लागि सरकारले सस्तो आवास योजना ल्याउने दाबी गरे ।
एक बर्षभित्र संबिधान जारी गर्नु सरकारको पहिलो प्राथमिकता भएपनि यसबाहेक शान्ति प्रक्रियाका अन्य कामको लागि पनि सरकार लागि पर्ने उनले बताए । शान्ति प्रक्रियालाई निश्कर्षमा लैजान बेपत्तासत्य निरुपण, मेलमिलाप तथा बेपत्ता छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्ने उनले बताए ।
कार्यक्रममा बोल्दै उनले नागरिकको दैनिक जीवनलाई सम्बोधन गर्ने गरी सरकारले नीति बनाउन लागेको बताए ।

0 comments:

Post a Comment