२३ फागुन, काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले ४ महिनापछि वैदेशिक रोजगारीसम्बन्धी सबै काम अनलाइनबाट गर्ने भएको छ । रोजगारीका लागि बिदेसिने कामदारको सही तथ्यांक राख्न तथा गलत क्रियाकलाप/ठगी नियन्त्रण गर्न अनलाइन प्रणाली सुरु गर्न लागिएको हो । कामदारको बिमा, पूर्वश्रमस्वीकृति, अन्तिम श्रमस्वीकृति, संस्था दर्ता, तालिमलगायत सम्पूर्ण कामको अभिलेख अनलाइनमै हुनेछ ।
यसका लागि मन्त्रालयले सम्पूर्ण अध्ययन सकिसकेको छ । १०-१२ दिनभित्र सफ्टवेयर निर्माणका लागि टेन्डर आह्वान गर्ने तयारीमा मन्त्रालय छ । टेन्डर र त्यसपछिको छनोटको काम गर्नुपर्ने भएकाले ४ महिनासम्म लाग्न सक्ने मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले बताएको कारोबार दैनिकमा खबर छ । उनका अनुसार अहिले पनि केही म्यानपावर एजेन्सीका लागि परीक्षणस्वरुप अनलाइनमार्फत पूर्वस्वीकृति दिने गरिएको छ ।
अध्यागमन कार्यालय, रोजगार विभागसम्म पहुँच हुने भएकाले कामदारको यकिन तथ्यांक आउनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कामदार र्फकनुपर्ने समस्याबाट मुक्ति पाइने खड्काले बताए । सरकारसँग वैदेशिक रोजगारमा गएका कामदारको मात्र तथ्यांक छ, फर्केकाको छैन् ।
0 comments:
Post a Comment