Thursday, March 6, 2014

प्रवेशिका परीक्षामा होम सेन्टर नराख्न संसदमा माग

parliament
काठमाडौ, फाल्गुन २२ - व्यवस्थापिका–संसद्को बिहीबार बसेको बैठकमा एमालेका भीम रावलले आसन्न प्रवेशिका परीक्षामा होम सेन्टर (अध्ययनरत विद्यालयमा परीक्षा केन्द्र) नराख्ने व्यवस्था हटाउन माग गरेका छन् ।
उनले  परीक्षामा अनियमितता रोक्ने नाममा विद्यार्थीलाई अन्यत्र परीक्षा केन्द्रमा जानुपर्ने बाध्यता सिर्जना नगर्न माग गर्दै शिक्षा मन्त्रालयले तत्काल बैठक गरी यसबारे निर्णय गर्नुपर्नेमा जोड दिए ।
उनले परीक्षामा अन्यत्र केन्द्र हुने छात्राहरुका लागि बस्ने उचित प्रबन्ध गर्न  र परीक्षा अवधिमा विद्युत्भार कटौती नगर्न माग गरे  ।
यसैगरी बैठकमा एमाओवादीका अमन मोदीले विस्तृत शान्ति सम्झौता बमोजिम द्वन्द्वकालका मुद्दालाई अहिले नचर्काउन आग्रह गर्दै गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आशङ्काका भरमा रुद्र आचार्यलाई मुद्दा चलाउने तयारीप्रति विरोध गरेका छन् । ।
उनले थारु समुदायलाई मधेसीकरण नगर्न पनि आग्रह गरे ।

0 comments:

Post a Comment