Monday, March 3, 2014

भीआइपीको सवारी हुँदा सडक जाम हुँदैन : गृहमन्त्री


१९ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले भीआएपीहरुको सवारी हुँदा बाटोमा सर्वसाधारणलाई दुःख नदिने व्यवस्था गर्न प्रधानमन्त्रीले आफूलाई निर्देशन दिएको बताएका छन् ।
सोमबार एक निजी टेलिभिजनसँगको अन्तरवार्तामा गृहमन्त्री गौतमले यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्रीले म्यानमार जाने बेलामा यस्तो निर्देशन दिएको गौतमले बताए । सवारीका क्रममा जनताले जाममा पर्नुपर्ने र मन्त्रीहरुलाई सराप्ने स्थिति आउन नदिने व्यवस्था मिलाउन प्रधानमन्त्री कोइरालाले आफूलाई निर्देशन दिएको गृहमन्त्री गौतमको भनाइ छ । आफूले यसबारे प्रक्रिया मिलाएको र प्रधानमन्त्री स्वदेश फर्केपछि यसलाई कार्यान्वयन गरिने गौतमले जानकारी दिएका छन् ।

0 comments:

Post a Comment