विवाद टुंगो नलागे प्रक्रियामा लगिने
२० फागुन, काठमाडौं । संविधानसभा नियमावली मस्यौदा समितिको म्याद १० दिन थप भएको छ । २९ गते बस्ने संविधानसभाको बैठकमा नियमावलीको मस्यौदा पेश हुन नसके विवाद समाधानका लागि प्रक्रियामा प्रवेश गर्नुपर्ने सभासदहरुले माग गरेका छन् ।
‘समितिको म्याद १० दिन थपिएको छ, २९ गतेको बैठकमा पेश नगरिए प्रक्रियामा लगेर नियमावली टुंगो लगाउनुपर्छ भन्ने हामीले माग गरेका छौं, मंगलबार संविधानसभा बैठकपछि सभासद रवीन्द्र अधिकारीले अनलाईखबरसँग भने ।
सभासद लक्ष्मणलाल कर्णको अध्यक्षतामा गठन गरिएको ४९ सदस्यीय समितिले सुस्मा १० दिनको कार्यदेश पाएकोमा नियमावली तयार पार्न नसकेपछि सात दिन म्याद थपिएको थियो । मस्यौदामा सहमति जुट्न नसकेपछि मंगलबार बसको संविधानसभा बैठकले दोस्रोपटक १० दिन म्याद थप गरेको हो ।
समितिमा नयाँ संविधानसभाको प्रमाणीकरण राष्ट्रपतिले गर्ने कि सभामुखले गर्ने भन्ने लगायतका विषयमा सहमति जुट्न सकेको छैन ।






0 comments:
Post a Comment