Tuesday, March 4, 2014

२८ म्यानपावर निलम्बनमा


  फागुन काठमाडाै। कानुनबमोजिम बिदेसिने नेपाली कामदारलाई सेवा सुविधा नदिएको भन्दै १८ दिनमा वैदेशिक रोजगार विभागले २८ म्यानपावर एजेन्सीलाई निलम्बन गरेको छ ।
विभागका महानिर्देशक कृष्णहरि पुष्करले म्यानपावरले कामदारलाई सम्झौताबमोजिम पारिश्रमिक नदिएको, बढी रकम असुलेको तथा कामदारलाई अलपत्र पारेकाले निलम्बन गरी अनुसन्धान अघि बढाएको बताए । अनुसन्धानपछि प्राप्त प्रतिवेदनअनुसार कारवाही गरिने उनले जानकारी दिए ।
 फागुन १ गतेदेखि उजुरी तथा गोप्य सूचनाका आधारमा विभागले म्यानपावर एजेन्सीमाथि अनुगमन सुरु गरेको थियो ।सो क्रममा सरकारले तोकेकोभन्दा करिब दोब्बर रकम कामदारसँग असुलेको, जिल्लामा पनि बिनादर्ता एजेन्ट कार्यालय खोलेको पार्इएको उनले बताए ।
पुस्करका अनुसार विभागले कामदारलाई राहदानी फिर्ता गर्ने, असुलेको बढी रकम फिर्ता दिने, अलपत्र कामदारलाई उद्धार गर्ने सुरू गरिसकेको छ ।

0 comments:

Post a Comment