Wednesday, April 23, 2014

गोर्खाल्याण्डलाई दबाउन नहुने नरेन्द्र मोदीको भनाइ


१० बैशाख, काठमाडौं । भारतका भावी प्रधानमन्त्रीका रुपमा प्रचारित भारतीइ जनता पार्टीका नेता नरेन्द्र मोदीले दार्जीलिङमा चलिरहेको गोरखाल्याण्ड आन्दोलनलाई दबाउन नहुने र उनीहरुको भावनाको सम्बोधन गर्नुपर्ने बताएका छन् ।
narendra modiभारतीय टेलिभिजनमा लामो अन्तरवार्ता दिँदै नेता मोदीले तपाई गोर्खाल्याण्ड आन्दोलनको समर्थक हो ? भन्ने भारतीय पत्रकारको प्रश्नमा नेता मोदीले क्षेत्रीय रुपमा उठेका आवाजलाई दबाउन नहुने र उनीहरुको भावना अनुसार अघि बढ्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।
त्यसैगरी पाकिस्तानसँग भारतले नरम नीति लिएको मोदीले बताउने गरेको भन्दै तपाई प्रधानमन्त्री बनेपछि पाकिस्तानसँग कस्तो रुप अपनाउनुहुन्छ भन्ने प्रश्नमा मोदीले छिमेकीले आँखा तर्दा आफूले आँखा झुकाउन पनि नहुने र छिमेकीलाई पनि आँखा तरेर हेर्न नहुने बताए ।
‘कसैलाई आँखा तरेर हेर्नुर् पनि हुँदैन, कसैसँग आँखा झुकाउनु पनि हुँदैन,’ मोदीले अन्तरवार्तामा भने- हाम्रो अन्तरराष्ट्रिय सम्बन्ध यही अनुरुप हुनुपर्छ ।’
भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी चुनाव जितेर प्रधानमन्त्री बनेको अवस्थामा त्यसले नेपालको राजनीतिमा पनि प्रभाव पर्न सक्ने कतिपयले विश्लेषण गरिरहेका बेला मोदीले छिमेकी देशसँगको सम्बन्ध र गोर्खाल्याण्ड आन्दोलनबारे यस्तो अभिव्यक्ति दिएका हुन् ।

0 comments:

Post a Comment