अमेरिका र इरान मिलेर सैनिक कारवाही गर्ने संकेत
२ असार, काठमाडौं । अलकायदाको मानसपुत्र मानिने सुन्नी चरमपन्थी लडाकूहरुले इराकको प्रमुख सहर तल अफर आफ्नो नियन्त्रणमा लिएका छन् । इराकी सेनाले विद्रोहीको प्रतिवाद गर्न नसकेपछि अमेरिकाले इरानको समर्थन लिएर त्यहाँ सैनिक कारवाहीको योजना बनाउन थालेको छ ।
इराक स्टेट इन इराक एण्ड लेवेन्ट (आइएसआइएस) नामक सशस्त्र संगठनका लडाकूहरुले सोमबार इराकको उत्तरी शहर तल अफर आफ्नो नियन्त्रणमा लिएका हुन् । यसअघि सुन्नी चरमपन्थीले इराकी सेनालार्इ मार्न लगेको तस्वीर सार्वजनिक गरेको थियो । तर, तस्वीरको अाधिकारिकता पुष्टि भएको छैन ।
इराकका अन्य शहर मोसुल र तिक्रित यसै सप्ताह अन्तमा विद्रोहीको कब्जामा गइसकेका छन् । मोसुल र तिक्रितपछि आइएसआइएसका लडाकूहरुले प्रमुख शहर तल अफरमा नियन्त्रण जमाएका हुन् ।
सिया, सुन्नी र कुर्दिसहरुको मिश्रति बसोबास रहेको तल अफर सिरियाको सीमा क्षेत्रमा पर्छ । सिरियाको अधिकांश भुभाग आइएसआइएसको नियन्त्रणमा छ ।
इरानको समर्थन लिने ओबामाको प्रयास
यसैवीच बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकी सरकारलाई सघाउन इरानको समर्थन खोजेका छन् । इरानी प्रधानमन्त्री हसन रुहानीले पनि इराकमाथि अमेरिकाले गर्ने कारवाहीबारे विचार गर्ने बताएको बीबीसीले जनाएको छ । इरान र अमेरिका शत्रु राष्ट्र हुन् ।
इराकमा सुन्नी लडाकूको आक्रमणप्रति इराकसमेत बेखुश रहेकाले इराक संकटबारे दुई शत्रु मुलुकवीच सहकार्य हुने अनुमान गर्न थालिएको छ । यद्यपि इरानका १ सय ३० भन्दा बढी रिभोल्युसनरी गार्डहरु इराकमा प्रशिक्षण दिनका लागि परिचालित रहेको पश्चिमाहरुको दाबी छ ।
इराकमा सैनिक कारवाहीका लागि पहिल्यैदेखि खाडीमा अमेरिकी युद्धपोत र सैनिकहरु तैनाथ छन् ।
के हो आइएसआइएस ?
अफगानिस्तानमा विन लादेनको सत्ता ढलेपछि सेटब्याक खाएको अलकायदाकै एउटा हाँगो अन्तरगत सन् २०१३ को अप्रिलमा सिरिया र इराकमा जेहादी संगठनका रुपमा आइएसआइएस लडाकूको स्थापना भएको हो ।
सिरिया र इराकमा इस्लामिक सत्ता स्थापनार्थ जेहाद छेड्नु आइएसआइएसको लक्ष हो । यही उद्देश्य अनुरुप उसले इराकको सीमानामा रहेको सिरियाका अधिकांश भूभाग आफ्नो नियन्त्रणमा लिइसकेको छ ।
पछिल्लो समय इराकी सेनाले आइएसआइएससँग पराजीत हुँदै महत्वपूर्ण शहरहरुका आफ्नो नियन्त्रण गुमाउन थालेको हो ।
इराकी सरकार सिया मुसलमानहरुको नेतृत्वमा रहेको छ । आइएसआइएसले इराकका अल्पसंख्यक सुन्नी मुसलमानहरुलाई सरकारविरुद्ध उतारेको छ । सिया नेता र इराकी प्रधानमन्त्रीले कुर्दिस र सुन्नीहरुमाथि विभेद गरेका कारण समस्या सिर्जना भएको विश्लेषण गरिँदै आएको छ ।
0 comments:
Post a Comment