१७ मंसिर, काठमाडौं । गरिब र मध्यमवर्गीय नेपालीले सोच्नै नसक्ने गरी नेपालका एक व्यापारीले आफ्ना छोराको बिहेमा २० करोड खर्च गदैछन् ।
नेपालको व्यापारिक क्षेत्रमा ‘क्यास बिजिनेस किङ’ भनेर चिनिएका । तर, राज्यलाई तिर्नुपर्ने अर्बौको बक्यौता फस्र्यौट गर्न आनाकानी गर्दै आएका सुवास संघाईका छोराको बिवाह धुमधामका साथ मनाइँदैछ । २० गतेको लगनमा उनका छोरा हर्षले बनारसका धनाढ्य व्यापारी श्रीकान्त अग्रवालकी छोरीलाई सिन्दुर हाल्दैछन् ।
भारु (नगद ६ करोड तिलकबापत पाउँदैछन् । केटीका बाबु विश्वविख्यात बनारसी साडीका अग्रणी व्यवसायी र टेक्स्टायल कारखानाबाट सारा भारतलाई आफूतिर खिच्न सफल व्यापारी हुन् । विवाहका लागि काठमाडौंबाट ८० जनाको जन्त जाँदैछ, गोवामा । उनीहरु जहाज चार्टर गरेर जाँदैछन् । यहाँबाट जाने, खाने, बस्ने र र्फकने खर्च सबै केटी पक्षले बेहोर्ने भएको छ ।
निमन्त्रणाका लागि पनि पाँच हजार रुपैयाँ पर्ने महँगो कार्ड छापिएको जनआस्था साप्ताहिकमा खबर छ । कार्ड व्यवसायीका अनुसार उक्त कार्ड भारतमै बनाइएको हो । नेपाली बजारमा त्यस्तो कार्ड प्रयोगमा आएको छैन् । निम्तालुलाई तीन जोर लुगा व्यवस्थापन गर्न पनि निमन्त्रणा पत्रमा भनिएको छ ।
0 comments:
Post a Comment